झापा, असोज २२ ।झापाको झिलझिलेमा शाखा रहेकोे प्राईम कमर्सियल बैंकले सोमबारदेखि एटिएम सेवा सुरु गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले दशैको मुखैमा एटिएम मेसिनको रिवन काटेर उद्घाटन गरेका हुन् । उनले एटिएमबाट रकम पनि झिकेका थिए ।

वडा अध्यक्ष फेउदिनले चाडपर्वका बेला बैंकमा हुने भिडलाई एटिएम सुविधाले सहजता ल्याउने बताए । एटिएमबाट आफूले राखेको पैसा झिक्न सजिलो भएपछि बैंकमा लाम लागेर समय खर्च गर्नुनपर्ने उनले बताए ।

शिवसताक्षी नगरको झिलझिले बजार अन्य बजारको तुलनामा बढी जनघनत्व भएको बजार हो । यो बजार पूर्वपश्चि राजमार्गसंग जोडिएकोले पनि अन्य बजारको तुलनामा भिडभाड हुने गरेको हो ।

प्राईम कमर्सियल बैंकको झिलझिले शाखामा ५ हजार ८ सय ७९ जना ग्राहक छन् । यीमध्ये करिव १ हजार २ सयले एटिएम कार्ड लिएर सेवा लिन थालेको बैकका शाखा प्रमुख दिनेश लुईटेलले जानकारी दिए ।
झिलझिले बजारमा कनकाई विकास बैक २०६६ सालमा स्थापना भएको होे । ०७१ सालमा कनकाई विकास बैक प्राईम कमर्सियल बैंकमा मर्जर भएपछि यहाँका सेवाग्राहीले थप बैंकिङ सुविधा पाउन थालेका हुन् ।
प्राईम कमर्सियल बैंकको मुलुकभर १८९ शाखा छन् । थप ५ वटा शाखारहितको एक्सटेन्सन काउन्टर छन् । बैकका अनुसार देशभरका १२४ वटा शाखामा एटिएम सेवा सुरु भएको छ ।

झिलझिले शाखाबााट सामाजिक सुरक्षा भता लिने ग्राहकले पनि एटिएम सेवा लिन सक्ने छन् । बैंकका क्लस्टर वि प्रमुख इन्द्रप्रसाद गुरागाइँँले बैंकले पुर्याएको सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्