झापा, चैत ३ । विरामी परेका मोरङ कारागारका दुई कैदीबन्दीमध्ये एकजनाको मृत्यु भएको छ ।

गत फागुन २९ गते राति ८.४५ बजे दुईजना कैदीबन्दी विरामी परेका थिए । पथरीशनिश्चरे ४ बस्ने अभद्र व्यबहार मुद्दाका बन्दी बर्ष ३८ का जीतबहादुर देवान र केरावारी ७ बस्ने चोरी मुद्दाका कैदी बर्ष ४६ का ज्ञानबहादुर मगरलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

हिजो दिउँसो ४.२५ बजे देवानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का कैदी उपचारपश्चात् डिष्चार्ज भई कारागारमा फिर्ता भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्