झापा,जेठ २६। मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार डेंगुको सिजन शुरु भएसंगै जिल्लामा ३९ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये ३७ जना बिर्तामोडका रहेका छन् । दमक र गौरादह नगरपालिकाका एक–एक जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए । उनका अनुसार विगतका वर्षहरु जस्तै यस वर्ष पनि डेंगुको संक्रमण शुरु भइसकेको छ ।

डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्