झापा, जेठ २६ । पाँचथरमा लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

हिजो दिउँसो ३.३० बजे पाँचथर फिदिम नगरपालिका २ पल्लोपटारस्थित लक्ष्मी राईको घरमा लागूऔषध किनबेच भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा ३ ग्राम ५१० मिलिग्राम ब्राउनसुगरसहित पाँचजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पाँचथर फालेलुङ २ घर भई हाल फिदिम २ पल्लोटारस्थित लक्ष्मी राईको घरमा डेरा बस्ने २७ वर्षीय दिपेन केरुङ, सोही कोठामा बस्ने फिदिम १ का २३ वर्षीय बिरबल राई ,मोरङ उर्लाबारी ८ आमबारी घर भई हाल फिदिम ४ बस्ने ३० वर्षीय गणेश सुजी, फिदिम १ बस्ने ३२ वर्षीय पर्वत तामाङ र फिदिम ४ बस्ने १९ वर्षीया रिदिमा बर्देवा रहेका छन् ।