झापा, जेठ ११ । भारतको दिल्ली सरकारले सिक्किमलाई नेपाल र भुटानसँग तुलना गरेपछि विवाद उत्पन्न भएको छ । कोरोना भाइरससँग सम्बन्धित दिल्ली सरकारको एउटा विज्ञापन सोसियल मीडियामा विवादको विषय बनेको हो ।

दिल्लीले सार्वजनिक गरेको विज्ञापन

विवाद बढ्दै गएपछि दिल्ली सरकारले सम्बन्धित अधिकारीमाथि कार्वाही गर्नु पर्यो । डायरेक्टरेट अफ सिभिल डिफेन्स (हेड क्वार्टर) का एक वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको हो । साथै दिल्ली सरकारले त्योे विज्ञापन पनि फिर्ता लिएको छ । दिल्ली सरकारले आफ्नोे विज्ञापनमा कोरोना भाइरसविरुद्धको अभियानमा सहभागी हुनका लागि इच्छुक ब्यक्तिहरुबाट आवेदन मागेको थियो ।
त्यस विज्ञापनमा कोरोनाविरुद्धको अभियानमा सहभागी हुने व्यक्तिको योग्यता उल्लेख गरिएको थियो । योग्यतामा लेखिएको थियो — आवेदकहरु भारतको नागरिक वा सिक्किम, भूटान र नेपालको हुनु पर्ने छ । त्यस पंक्तिमा सिक्किमलाई छिमेकी देशसँगै राखिएको थियो । त्यही कुरा विवादको विषय बनेको हो । सिक्किम सरकारले त्यस विज्ञापनलाई लिएर तीब्र विरोध जनाएको छ ।
सिक्किम सरकारको आधिकारिक ट्विटर हैंडलमा लेखिएको छ, “सिक्किम सरकारले दिल्ली सरकारको यस विज्ञापनलाई गंभीरताका साथ लिएको छ , जसमा सिक्किमलाई एक विदेशी मुलुकको रुपमा देखाइएको छ ।”

सिक्किम सरकारले दिल्लीलाई पठाएको पत्र

सिक्किमका चिफ सेक्रेटरीले राष्ट्रिय राजधानी क्षेत्र दिल्लीका चिफ सेक्रेटरीलाई पत्र पठाउँदै तत्काल त्यस गल्तीलाई सुधार्न र सिक्किमको राष्ट्रिय भावनामा पुगेको चोटलाई ध्यानमा राखेर कदम चाल्न माग गरेका छन् ।त्योसँगै मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि त्यस विषयमा विरोध जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्