दमक,जेठ १३ । झापाको दमकसहित देशभरिका विभिन्न १२ वटा लायन्स क्लबहरुले संयुक्तरुपमा झापाको सात वटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरिदिएका छन् ।

सुरक्षा पोष्ट संरचना नहँुदा अस्थायी रुपमा बारबेरा गरी खट्दै आएका सुरक्षाकर्मीको काममा सघाउँ पुर्याउन करिव ४ लाख रुपैयाँ खर्चिएर जिल्लाको माईपश्चिमका ७ वटा पोष्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक ३२५ अन्तर्गतका दमक, उर्लाबारी, बिराटनगर र काठमाण्डौका गरी १२ वटा क्लब मिलेर ती संरचना निर्माण गरिएकोे हो ।
गौरीगंज गाउँपालिका वडा नम्बर २ स्थित लालमतिमा हिजो एक कार्यक्रम गरी नवनिर्मित सुरक्षा पोष्ट सशस्त्र सीमा सुरक्षा बललाई हस्तान्तरण गरिएको छ । सुरक्षा पोष्ट हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सेविकाले लायन्सले निर्माण गरेको सातवटै पोष्टको लागि वाटर डिस्पेसर समेत प्रदान गरिएको थियो ।
कोरोना भाइसको महामारी संक्रमण फैलिन नदिन देश बन्दाबन्दीको अवस्थामा छ । छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछि नेपाल भारत सीमा सिल गरिएको छ । तर खुल्ला सिमानाको कारण मानिसहरु भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्दै आएको र त्यसवाट संक्रमण देखा परेपछि आउँजाउँ रोक्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटाएको छ ।
कार्यक्रममा लायन्स क्लबका सेकेन्ड भाइस डिस्ट्रीक गर्भनर रेवतबहादुर कार्कीको आतिथ्यता तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेल,लायन्सका एरिया चिफ बबरजंग थापा ,एरिया कोअर्डिनेटर प्रहर क्षेत्री, एरिया कोअर्डिनेटर अजय अग्रवाल, पोष्ट निर्माण संयोजक बिश्वास काश्यप, दमक, लखनपुर, गौरादह र उर्लाबारीका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रदेश १ का उद्योग पर्यटन,बन तथा वातावरण राज्यमन्त्री बिजयकुमार विश्वासले सीमा सुरक्षा पोष्टको अनुगमन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्