झापा,जेठ २४ । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषाकुमारी यादवकी स्वकीय सचिव र चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का सांसद, कर्मचारी, सुरक्षाकर्मी र सहयोगीहरुको आइतबार, सोमबार र मंगलबार स्वाब संकलन गरिएको थियो । पीसीआर परीक्षण गर्दा राज्यमन्त्री यादवका स्वकीय सचिव र चालकमा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश २ का एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्