झापा , असार १५ । पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीस्थित पाकिस्तान स्टक एक्सचेञ्ज भवनमा बन्दुकधारीहरुले हमला गरेका छन् ।

त्यसमा हमलाकारीसहित कम्तीमा सात जनाको मृत्यु भएको छ । सबै चारजना हमलाकारी मारिएका छन् । हमला बिहान करीब सात बजे भएको हो । प्रारम्भिक समाचार अनुसार हमलाकारीले पार्किंङ्ग लटमार्फत भवनमा प्रवेश गरीे ग्रिनेड प्रहार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्