एजेन्सी । भारतीय चिकित्सा अनुसन्धान परिषद अर्थात आईसीएमआरले भारतमा तयार भइरहेको कोरोना भ्याक्सिन १५ अगस्टसम्म लन्च हुने विश्वास गरेको छ ।

परिषदले सो भ्याक्सिन परीक्षणसँग सम्बन्धित संस्थानहरुलाई पत्र पठाएर जानकारी दिएको हो ।
त्यस भ्याक्सिनलाई आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनीले संयुक्त रुपमा तयार गरिरहेका छन् । आईसीएमआरले एक पटक फेरि क्लिनिकल ट्रायल परी १५ अगस्ट अर्थात भारत स्वतन्त्रता दिवसको दिन त्यस भ्याक्सिनलाई आमसर्वसाधारणका लागि लन्च गर्ने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्