झापा, भदौ २६ । झापामा आज बिहान ९.३० बजे भुकम्पको धक्का महसुस गरिएको छ । मेचीनगर नगरपालिकाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपाल–भारत सीमा नजिक गएको भूकम्पको आसपास क्षेत्रमा धक्का महसुस भएको छ । यो पराकम्प नभएर भूकम्प नै भएको केन्द्रले जनाएको छ । पाँचथर सदरमुकाम फिदिम बजारसम्म धक्काको महसुस गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेलालले उनको फेसबुकमा पोष्ट गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्