रामप्रसाद ढुंगेल,

युएइ, असोज १२ । सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीको लाउरे ओञ्ञ्ञ्एञ्ञ्ञ् खाडीको लाउरे ” भन्ने अभिव्यक्ति दिएर भाइरल बनेकी खाडीकी लाहुरेनी युएईमा रोजगारीसँगै समस्यामा परेका नेपाली कामदारहरुको उद्धार तथा नेपाल फिर्तीका लागि हिजोआज निकै सक्रिय बनेकी छन् ।

सिन्धुली स्थायी घर भएकी उनको वास्तविक नाम भने सुबी बुढाथोकी हो । उनी दुबईको एक पार्लरमा विगत ५ वर्षदेखि म्यानेजरका रूपमा कार्यरत छिन् । कोरोनाको कारण युएईमा बिचल्लीमा परेका नेपाली कामदारहरुको सहयोगका लागि फेसबुक लाइभबाट निरन्तर अपिल गरिरहेकी उनी युएईको नेपाली सामाजिक क्षेत्रमा नयाँ अनुसार हुन् । कामबाट फुर्सद मिल्ने बित्तिकै उनी समस्यामा परेका नेपाली कामदारहरुको सहयोगका लागि क्रियाशील भइहाल्छिन् ।
कोरोना भाइरसको कारण जागिर गुमाएका, तलब नपाएका र भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुलाई आफ्नो नेतृत्वमा सहयोग जुटाएर र समन्वय गरेर हवाई टिकट समेत उपलब्ध गराउन उनी सफल भएकी छन् ।
उनको निरन्तरको पहलमा गत १९ सेप्टेम्बरमा ४ जना नेपाली युवा नेपाल फर्किसकेका छन् । भिजिट भिसामा युएई आएर अलपत्र परेका चितवन जिल्लाका अशोक दराई र बुद्धिबहादुर, लमजुङका विकास गुरुङ र गोरखाका नेत्रबहादुर थापा मगर गरी चार जनालाई आफ्नो पहलमा हवाई टिकट प्रदान गरेको र अन्य ११ जनालाई पनि नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिएकी छन् ।
सुबीले आफ्नो चिनजानका साथी र विदेशी सहयोगी दाताहरूको सहयोगमा समस्यामा परेका नेपालीहरुलाई आवश्यक समन्वय गरेको बताएकी छिन् । फेसबुक र टिकटकमा “खाडीको लाउरे ओञ्ञ्ञ्ए खाडीको लाउरे” भन्ने अभिव्यक्ति दिएर आलोचनाका साथै समर्थनको भारी प्रतिक्रिया पाएकी सुबी ती प्रतिक्रियाहरुले अझ उर्जा मिलेको र समाजसेवाको अभियानमा सामाजिक संजालले सहयोग नै पु¥याउने गरेको बताईन् ।

१७ जनालाई खाद्य सामग्री वितरण

एनआरएन युएई र नेपाली दूतावासलाई टाउको दुखाईको विषय बनेको १७ जना नेपाली कामदारहरुलाई सुबीले करिब ५ सय दिराम बराबरको खाद्यान्न सहयोग गरेकी छन् । जेबल अलीको एक फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत १७ जना नेपाली कामदार जो ओभरस्टे जरिवाना तिर्न नसकी एयरपोर्टबाट फिर्ता भएका थिए, उनीहरुलाई सुबीले दाल, चामल लगायतका सामग्री सेप्टेम्बर २७ आइतबार उपलब्ध गराएकी हुन् । कोभिड–१९ को कारण कामविहीन भएका उनीहरूलाई सामाजिक अभियन्ता उत्तम भण्डारीले दुबईको आफ्नो कोठामा आश्रय दिइरहेका छन् । सम्बन्धित कम्पनी, एनआरएनले सुरुमा सहयोग गरे पनि अहिले वास्ता नगरेको र नेपाली दूतावासले प्रभावकारी तरिकाले कम्पनीलाई दबाब नदिएकोले आफूहरु बिचल्लीमा परेको पीडित नेपाली कामदारहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्