बिर्तामोड , कात्तिक ६ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बिर्तामोडका आधा दर्जनबढी बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् ।

आफ्ना कर्मचारीलाई कोरोना संक्रमण भएको भन्दै सूचना टाँसेर बैंकहरुले कार्यालय बन्द गरेका हुन् । बिर्तामोडको एनआइसी एशिया ,सनराइज , एनएमबी ,सिद्धार्थ लगायत गरी पाँचवटा बैंक बन्द भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । दशैंको मुखमा बन्द भएका बिर्तामोडका बैंकहरुले यसअघि पनि कोरोनाकै कारण सेवा रोकेका थिए । त्यस्तै कोरोना संक्रमण फैलिएपछि बिर्तामोडका केही सहकारी संस्थाहरुले पनि सेवा बन्द गरेका छन् ।
बिर्तामोडमा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर प्रधान संक्रमित भएर होम आइसोलेसनमा छन् । अध्यक्ष प्रधानलाई संक्रमण भएपछि कर्णाली सहकारीले केन्द्रीय र विर्तामोड कार्यालय कार्तिक ४ देखि बन्द गरेको छ । उसका शाखा कार्यालय भने खुलिरहेका छन् । एनएमसीको केन्द्रीय कार्यालय र अन्य सेवा कार्यालय नियमित सञ्चालनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्