दमक , कात्तिक २५ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नं ५ चप्रामारीका ६५ वर्षिय बस्नेत थरका पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज दिउँसो २ बजे नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । उनलाई दुई दिनअघि विराटनगर लगिएको थियो । मृतकको लाश विराटनगरबाट ल्याएर कन्काई माईमा नेपाली सेनाले अन्त्येष्टि गर्ने तयारी गरिरहेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८ र जिल्लामा ७० पुगेको छ ।