झापा , फागुन १९ । नेपाली लोक दोहोरीका चर्चित गायक बद्री पंगेनी नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नेपाली लोक दोहोरी गायनको माध्यमबाट अनवरत रूपमा नेपाली गीत–संगीत क्षेत्रको श्रीवृद्धिका लागि गरेको योगदानको उच्च मूल्यांकनसहित उनलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित गरिमामय समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुरस्कार प्रदान गरेकी हुन् ।

पुरस्कृत पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष हुन् । अग्रज गायक एवं लोकप्रिय व्यक्तित्व पंगेनी राष्ट्रिय पुरस्कारवाट सम्मानित भएपछि आफूसहित धेरैले बधाई तथा शुभकामना दिएको उनकी बहिनी नानु पंगेनीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्