बिर्तामोड , चैत १० । नेकपा एमाले बिर्तामोड नगर कमिटी विस्तार गरी सपथ ग्रहण गराइएको छ ।

८१ सदस्यीय नगर कमिटीलाई विस्तार गरी १५१ सदस्यीय बनाइएको हो । नगर कमिटीको अध्यक्षमा उमानाथ ओली रहेका छन् । त्यस्तै सचिवको जिम्मेवारी सुवाष भट्टराईले पाएका छन् । त्यस्तै सोमबार भएको भेलाले वडाको जिम्मेवारी पनि तोकेको छ । जसअनुसार वडा नं १ को अध्यक्षमा त्रिलोचन प्रसाई , सचिव प्रेम खरेल , २ को अध्यक्षमा भवानी ओली सचिव टंक मैनाली , ३ को अध्यक्षमा कुमार बुढाथोकी , सचिव कोशिस घिमिरे, ४ को अध्यक्षमा अर्जुन खरेल , सचिव सोम दवाडी , ५ को अध्यक्षमा बालकृष्ण रिमाल , सचिव गोपाल चौहान , ६ को अध्यक्षमा आइतमाया शेर्मा , सचिव सुधा आचार्य , ७ को अध्यक्षमा केशव कार्की , सचिव युवराज निरौला , ८ को अध्यक्षमा विष्णु भट्टराई , सचिव युवराज गौतम , ९ को अध्यक्षमा घनश्याम नेपाल , सचिव गोपाल खरेल तथा वडा नं १० को अध्यक्षमा इन्द्र प्रसाई र सचिवमा पूर्णबहादुर पौडेल चयन भएका छन् ।
भेलाले यसअघि नगर कमिटी अध्यक्ष रहेका ज्ञानुराम प्रसाईसहित चन्द्रा सेढाई , माधवप्रसाद चौलागाई , रिमानध्वज लोक्ताम , नित्यानन्द दाहाल र रेवतीरमण शिवाकोटीलाई जिल्ला कमिटी सदस्यमा सिफारिस गरेको छ ।नगर कमिटी र वडा कमिटीका सदस्यहरुलाई केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला सहइन्चार्ज हरिबहादुर राजवंशीले सपथ ग्रहण गराएका थिए ।नगर कमिटी अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी , प्रदेश सांसद एवं जिल्ला कमिटी सदस्य एकराज कार्की , प्रदेश सांसद एवं प्रदेश कमिटी सदस्य जसमाया गजमेर , जिल्ला समन्वय समितिका प्रमुख एवं प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल ,बिर्तामोड नगरपालिकाका प्रमुख एवं जिल्ला कमिटी सदस्य धु्रवकुमार शिवाकोटीलगायतले मन्तव्य राखेका थिए । बद्री भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन छविलाल विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्