भद्रपुर ,चैत २४ । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा तथा व्यावसायिक सीप विकास तालिम केन्द्र १ नं प्रदेशको आयोजनामा ३ महिने सिलाइकटाइ तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन भद्रपुर ४ का वडाध्यक्ष हंसधर राजवंशीले गरे । तालिममा भद्रपुर तथा चन्द्रगढी क्षेत्रका १८ जना अपाङ्ग तथा सपाङ्ग किशोरीहरुको सहभागिता रहेको छ ।
तालिममा कोपिला भुजेल र लक्ष्मी ढकालले प्रशिक्षण दिने संघले जनाएको छ । संघका अध्यक्ष ऋषि चापागाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन सचिव बालध्वज कार्कीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राजवंशी ,नगरपालिकाका अधिकृत रमेश कोइराला , प्रशिक्षकहरु भुजेल , ढकाल लगायतले मन्तव्य राख्दै तालिमलाई प्रभावकारी बनाईनु पर्नेमा जोड दिएका थिए । तालिम असार मसान्तसम्म संचालन हुने छ ।