झापा , पुष २ । जबरजस्ती करणी मुद्धाका एकजना फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक जुरोपानी गाविस वडा नं. ९, हाल बाह्रदशी गाउँपालिका ४ का ४२ वर्षिय बिष्णु प्रधान श्रेष्ठ रहेका छन् ।

पुनरावेदन अदालत, इलाम इजलासको २०६६ असार ३० गतेको फैसला बमोजिम जबरजस्ती करणी मुद्धा शिर्षकमा ५ बर्ष कैद सजाय ठहर गरिएका श्रेष्ठ हालसम्म फरार रहेका थिए ।सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय.झापाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई अदालतको आदेशले कारागार पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्