बिर्तामोड , पुष १७ । जाडो याममा असहाय विपन्नका लागि यस वर्ष पनि बिर्तामोड ३ सैनिकमोडमा कपडा बैंक संचालन गरिएको छ ।

नेपाली टोपी दिवसको अवसर पारेर कपडा बैंकको उद्घाटन गरिएको हो । ढाका टोपी लगाएर आयोजकहरुले टोपी दिवस मनाउँदै कपडा बैंक शुरु गरेका थिए । एमकेके ग्रुप , दारी ग्याङ,अनारमनी सोसियल युथ क्लब , एएसवाईसी , लुगा घर ,मेची महाकाली सरसफाई , रोट्रयाक्ट क्लब , पूर्वेली मजदूर यातायात प्रालि ,सैनिकमोड छठ समितिलगायतका संस्थाहरुले संयुक्त रुपमा कपडा बैंक संचालन गरेका हुन् ।

चिसो बढेसंगै न्यानो कपडाको अभावमा रहेकाहरुको लागि सहयोग गर्ने उद्धेश्य लिएर यस वर्ष पनि कपडा बैंक संचालन गरिएको कार्यक्रम संयोजक कैलाश प्रसाईले बताए । उनले कपडा हुनेहरुलाई आएर सहयोग गर्न र नहुनेलाई आबश्यक कपडा लिएर जान आव्हान गरेका छन् । गत वर्ष पनि सोही ठाउँमा जाडोभरि कपडा बैंक संचालन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्