झापा, वैशाख २ । झापाली विद्यार्थी नेता धर्मेन्द्र खड्काको शब्द रचना रहेको ‘यही हो मेरो देश’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नयाँ वर्षको अवसर पारेर साइराम पिक्चर्सको युट्युब च्यानलबाट खड्काको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको हो ।


मेचीनगर नगरपालिका वडा नं. १० खयरडाँगी निवासी खड्का अनेरास्ववियूका नेता हुन् । उनी पूर्व विद्यार्थी मञ्चका संस्थापक नेता हुन् ।
गीतमा प्रसिद्ध गायिका आनी डोल्मा छोइङ, शिव परियारलगायतको स्वर रहेको छ भने शिव बराइलीले संगीत दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्