झापा , भदौ १३ । नेपाल र केन्याबीचको पाँच खेलको ट्वान्टी-२० शृङ्खला अन्तर्गत चौथो खेल आज खेलिदैछ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल अपराह्न ३ः४५ बजे सुरु हुनेछ । आजको खेल जिने नेपाललाई एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पार्ने अवसर रहेको छ । शृङ्खलामा नेपालले २-१ को अग्रता लिएको छ । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्