झापा , फागुन ४ । भारतबाट अण्डाभित्र ब्राउनसुगर लुकाएर ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका वडा नं.३ बस्ने २४ वर्षिय ऐतराज इवा र सोही ठाउँ बस्ने २७ वर्षिय प्रकाश खाती रहेका छन् ।

बिहीवार दिउँसो २.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका इवा र खातीलाई चेकजाँच गर्दा इवाले दाहिने हातमा बोकेको अण्डाको क्यारेट खोली हेर्दा उक्त क्यारेटमा जम्मा रहेको १२ पिस अण्डामध्ये बीचमा रहेको एउटा अण्डालाई सानो दुलो बनाई भित्री भाग फालेर हरियो रंगको प्लाष्टिकको पोकामा ब्राउनसुगर लुकाएर ल्याएका थिए ।

५ ग्राम ब्राउनसुगरसहित दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्