झापा , फागुन ५ । उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुलसहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१२ मा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ का २७ बर्षीय अजय राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्याब्लेट र नाईट्रोसन १० ट्याब्लेट फेला परेकोले पक्राउ गरिएको छ । प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्