बिर्तामोड, फागुन १६ ।लोप हुन लागेको स्याल निकै वर्षपछि बिर्तामोडको बस्तीमा देखिन थालेको छ ।

फाइल फोटो

उहिलेको स्याल कराएको आवाज बिर्तामोडमा फेरि सुनिने गरेको हो । बिर्तामोड ३ मा रहेको सीके प्रसाईको चियाबगानमा रात परेपछि स्याल कराउन थालेको छ ।केही महिनादेखि सामूहिक रुपमा स्याल कराउन थालेको स्थानीय अन्जु चौधरीले बताइन् । उनले दिउँसोपख पनि बालबालिकाहरुले चियाबगानमा स्याल देखेको बताइन् । चियाबगान नजिकको मुसहर बस्तीका कुखुराहरु स्यालले खाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्