झापा, फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ ।

यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो । मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको सो पार्टीका प्रवक्ता मुकुल ढकालले बताए । यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्