झापा, फागुन १८ । हिजो साँझ झापाको सुरुङ्गामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

साँझ ६.५० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१८ च २२४७ नं को कारले कन्काई नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा स्थानीय ३६ वर्षिया रेखा भण्डारीको मृत्यु भएको हो । गंभीर घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कार र कार चालक कमल ६ बस्ने ५५ वर्षिय नित्यानन्द ताजपुरियालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

अस्ति साँझ पनि कन्काई ८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्