झापा, फागुन २८ । साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्ने ३३ जना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।

जिल्लाका विभिन्न स्थानबाट ३३ जना बन्दकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले दमक , बिर्तामोड , काँकडभिट्टा , चारआली र केर्खाबाट उनीहरुलार्ई पक्राउ गरिएको जानकारी दिए । बिर्तामोडमा बन्दकर्ताहरुले एउटा ट्रक र अर्को कारलाई तोडफोड गरेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका थिए । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्