झापा, फागुन ३० । कुखुरापालकहरुको दवावपछि भारतबाट अवैध रुपमा भित्रिने कुखुरा नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको छ ।

यसक्रममा गएराति ९ बजे झापा गाउँपालिका वडा नं.४ सुकुमबासी टोलमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोली र बिओपी पन्थापाडाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८० केजी बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्दाजी मूल्य २४ हजारबराबरको ती कुखुरा नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि र स्थानीयबासिहरुको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।केही दिनअघि झापाका कुखुरापालकहरुले भारतबाट भित्रिने अवैध कुखुरा रोक्न जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्