झापा, चैत ६ । झापाको शनिश्चरे बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ ।

गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी संघका बिशाल थापा २७७ मत ल्याई सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका गगन चापागाईं २६२ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा शर्मिला न्यौपाने २६० तथा सदस्यहरुमा निमेश भण्डारी २८३ , देवेन्द्र गिरी २६० , दिपक भट्टराई २४७ , टिकाराम दाहाल २७८ ,रविन प्रधान २७७ ,अरुण श्रेष्ठ २५५ मतसहित विजयी भएका छन् । शनिश्चरे बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसंग अनेरास्ववियुले एक्लै निर्वाचन लडेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्