झापा , चैत्र ८ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाइ भएको छ ।

बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमबार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाइ भएको हो । खुम्बु पासाङल्हामु गाउँपालिका-४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटेलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दीपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको छ । उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ । जसका कारण शव उद्धारमा समस्या भएको हो । खुम्बु क्षेत्रमा हिमपात भइरहेको र मौसम सहज हुने बित्तिकै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्