झापा,चैत १३ । चैते छठको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाइएको छ ।

मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुनेछ ।
चैते छठमा सूर्यलाई अर्घ्य दिन बिर्ताबजारको अधुवा खोलामा घाट निर्माण गरिएको छ । सो घाटमा ब्रतालुहरुले सोमवार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन् ।

कात्तिक र चैतमा गरी वर्षमा दुई पटक छठ र दशैं मान्ने धार्मिक मान्यता छ । कात्तिकमा मनाइने छठलाई शारदीय छठ तथा ननरात्रा भनिन्छ भन्ने चैतमा मान्नेलाई वासन्ती छठ तथा नवरात्रा भनिन्छ ।पर्वको पहिलो दिन शनिबार ब्रतालु पवित्र जलाशयमा स्नान गरी अरवा—अरवाईन अर्थात् चोखो खानेकुरा मात्र खाएका थिए । आइतबार दिनभरि उपवास बसी साँझपख गुलियो पुरी,खीरलगायतका प्रसाद ग्रहण गरेका थिए । यस उपक्रमलाई स्थानीय भाषामा षडना भनिन्छ । षडनापछि निराहार ब्रत बसेका ब्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्