झापा, चैत्र १६ । मोरङको केराबारी गाउँपालिका-४ खोलाघारीस्थित ओलबन्दे खोलाको भीरबाट लडेर बुधबार साँझ एकजनाको मृत्यु भएको छ ।

बाटो हिँड्ने क्रममा चिप्लिएर भीरबाट लड्दा केराबारी-७ का २९ वर्षीय बलबहादुर लिम्बूको साँझ ६ः१५ बजेतिर मृत्यु भएको हो । प्रहरीका अनुसार गाउँमा काटेको राँगाको मासु लिएर नाबालक छोरासहित घरतर्फ फर्कंदै गरेको अवस्थामा लडेका लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भीरबाट लडेर उनका ७ वर्षीय छोरा सुशील लिम्बू घाइते भएका छन् । सुशीलको स्थानीय मेडिकलमै उपचार भइरहेको छ । प्रहरीले मृतक लिम्बूको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्