झापा, चैत्र १९ । सरकारले पदयात्राका लागि मुलुकका १४ ओटा क्षेत्रका विभिन्न रूट तोकेर ’पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी मापदण्ड २०७९’ लागू गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शनिबार टिम्सको नयाँ मापदण्डको शुभारम्भ गरेका छन् । नयाँ मापदण्डले पूर्वको कञ्चनजंघा क्षेत्रदेखि पश्चिमको हुम्ला क्षेत्रमा पर्ने विभिन्न रूटमा यात्रा गर्ने पदयात्रीले टिम्स अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । मापदण्डमा तोकिएको रूटमा जानुअघि पदायात्रीले अधिकतम २ हजार रुपैयाँ शुल्क तिरेर अनुमतिपत्र लिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्