झापा, चैत २८ । झापामा बहुविवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं.१० का ३७ वर्षिय मोहन शम्शेर योङहाङ र २७ वर्षिया पुजन सेलिङ अधिकारी रहेका छन् ।


झापा जिल्ला अदालतको २०७९ असार २० गतेको फैसला अनुसार बहु–विवाह मुद्दामा मोहनलाई १५ महिना कैद र रु.२५ हजार जरिवाना ,त्यस्तै पुजनलाई १३ महिना कैद र रु.१५ हजार जरिवाना तोकिएको थियो । फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो । मंगलवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेशले दुवैलाई कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्