झापा, साउन १५ । नेत्रविक्रम चन्द “ विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंहविरुद्ध उच्च अदालत विराटनगर र धनकुटा इजलासले १५ दिने सूचना निकाल्दै पुर्जी जारी गरेको छ।


तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण भएको ३ वर्षपछि विप्लव नेकपाका युवा नेता सिंहलाई पुर्जी जारी गरिएको हो ।

नेता सिंहविरुद्धको म्याद तामेली हिजो आइतबार उनको निवासमा पुगेको उनका बुवा गणेशबहादुर पौडेलले जानकारी दिए। उक्त मुद्दामा नेता सिंहसँगै नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायत दर्जनौं नेताहरूको नाम रहेको थियोे भने जिल्ला अदालत संखुवासभाले नेता सिंहसहित नेकपा नेतृ उमा भुजेल, माइला लामा, दिपेश राई, अनिल शर्मा, पुष्प कोइरालालगायतका नेताहरु माथिको अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्