झापा,असोज २३ । नेकपा एमालेका नेता महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई युवाले तह लगाएको टिप्पणी गरेका छन् ।

सोमबार कान्तिपथस्थित होटल यल्लो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा प्रसाईलाई कालोमोसो दलेपछि नेता बस्नेतले यस्तो टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरूले आज तह लाएछन् । अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्