झापा,कात्तिक २८ । मोरङको उर्लाबारीमा गएराति पनि आगलागी भएको छ ।

उर्लाबारी– २ का कुलबहादुर महतको ग्वालीमा राति आगलागी भएको हो । भान्सासंगै रहेको उनको ग्वालीमा आगलागी हुँदा दुईवटा बाख्रा जलेर मरेका छन् भने एउटा गाई घाइते भएको छ । आगलागीबाट करिव दुई लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । आगलागीको कारण थाहा हुन सकेको छैन ।

उर्लाबारीमा हिजो राति भीषण आगलागी भएको थियो । उर्लाबारी–७ स्थित सुन पसलमा मध्यरातसम्म आगलागी हुँदा जलेर २८ जना घाइते भएका थिए । स्थानीय दिपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो ।
। शरीर जलेर गम्भीर घाइते भइ विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १५ जनालाई नेपाली सेनाको स्काई ट्रकबाट थप उपचार गर्न काठमाडौं पठाइएको हो ।

त्यस्तै १० जनाको बिर्तामोडको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । केही घाइते थप उपचारका लागि भारत गएको प्रहरी निरीक्षक दासले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्