बिर्तामोड,चैत २६। झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।
![](https://pratidindaily.com/wp-content/uploads/2024/03/farar-pakrauu.jpg)
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ का १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाउँबाट गुरुङलाई सोमबार दिउँसो २ बजे प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे १० प ३२०७ नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।