झापा, असार १२ ।झापाको कचनकवल ३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

हिजो साँझ ५ः३० बजेको समयमा कचनकवल गाउँपलिका वडा नं.३ गंगाबस्ती बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले टोकेको थियो । बालिकालाई बनियानी सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन् । बालिकालाई टोकेको कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्