झापा, साउन १३ । झापा गाउँपालिकामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका १० वर्षीय छोरा मोहमद दिलसाद मियाको खाली जमिनको खाल्डोमा डुबेर मृत्यु भएको हो । हिजो बिहान ११ बजे खेल्न हिडेकोमा घरदेखि ५०० मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । शव घरमा ल्याइराखेको भनी जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य जारी राखेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्