झापा , माघ १० । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कुर्सीबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे सिद्धिचरण नगरपालिका –८ जरङ्गे बस्ने बलबहादुर गुरुङकी श्रीमती ५२ वर्षीया धनकुमारी गुरुङ आफ्नै घरको आँगनमा प्लास्टिकको कुर्सीमा बसिराखेको अबस्थामा अचानक कुर्सीबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्