झापा, माघ १७ । पाँचथरको फिदिम नगरपालिका–२ बैरङ्गी बस्ने बिष्णु श्रेष्ठको अलैचीबारीमा एकजना पुरुषको शब फेला परेको छ ।

आज साँझ ५ः३० बजे अलैचीबारीमा तत्काल नाम ,थर र वतन नखुलेको बर्ष ६० का पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल फिदिममा राखिएको छ ।