झापा,फागुन १२ । नेकपा माओवादी केन्द्रले आज झापाबाट ‘जनतासंग माओवादीः तराई मधेश जागरण अभियान’ शुरु गर्दैछ ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट अभियानको उद्घाटन गर्न लागेका हुन् । अभियान उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत एक दर्जन नेताहरु शनिबार नै झापा आइसकेका छन् । आज बिहान ९ः३० बजे कचनकवलस्थित नेपालकै होचो भूभागमा रहेको स्तम्भमा झण्डोत्तोलन गर्ने, राजवंशी समाज विकास समितिको भवनमा सहिद परिवारहरूसँग भेटघाट गर्ने र दिउँसो १२ बजे बनियानीमा आयोजित बृहत् जनसभाका बीच अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए।

आजै दिउँसो ३ बजे बाह्रदशी गाउँपालिकाको राजगढस्थित राजवंशी चोकमा आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने र त्यसपश्चात् झापा गाउँपालिकामा आयोजित कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका झापा इन्चार्ज रन्जित तामाङले जानकारी दिए ।झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान कञ्चनपुरमा पुगेर समापन हुने बताइएको छ ।
प्रचण्डको परेड राजनीति !

अध्यक्ष प्रचण्डले यस पटक पनि परेडको राजनीतिलाई निरन्तरता दिएका छन् । उनले आज बिहान झापाको सगरमाथा चोकदेखि किचकबधसम्म मर्निङ वाक गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि उनले जनतालाई प्रभावित पार्न बिहान बिहान नेता कार्यकर्ताका साथ सामूहिक मर्निङ वाक गर्ने गरेका छन् । यसअघि उनले बिर्तामोडमा पनि त्यस्तै मर्निङ वाक गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्