बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोडमा दुईवटा शव फेला परेको छ ।

आज बिहान ७ बजे अर्जुनधारा नगरपालिका वडा नं.–११ गिरीबन्धु टि–इस्टेटको पूर्वपट्टी रहेको सिरिसको रुखको फेदमा पाँचथर फिदिम नगरपालिका वडा नं. ७ बस्ने ३९ वर्षीय कुमार गुरुङ मृत फेला परेका हुन् ।करिव १० दिनअघि मृत्यु भएर दुर्गन्धित अबस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । गाडी चलाउँदै आएका गुरुङ काठमाडौमा बस्ने गरेका थिए । उनलाई श्रीमतीले छोडेकी थिइन् । स्थानीयका अनुसार केही समयदेखि उनको मानसिक सन्तुलन ठीक थिएन । कानुनी प्रकृयापश्चात् उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

त्यस्तै आज बिहान अन्दाजी ११.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर–५ बस्ने रजनीस अग्रवालको खाली जग्गामा सिमेन्टको ब्लकले बनेको, छानो नभएको टहराभित्र एक बेवारिसे शव फेला परेको छ । नाम ,थर र वतन नखुलेको मागी खाइहिड्ने तराईवासी जस्तो देखिने,अर्ध सडी गलिसकेको अवस्थामा दुर्गन्धित अवस्थामा शव फेला परेको हो । सो शवलाई पनि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

उता इलाममा पनि एउटा बेवारिसे शव फेला परेको छ । आज बिहान १०.१० बजे इलाम माङसेबुङ ३ खुन्द्रुका बस्ने प्रदिप राईको बाँझो पाखा बारीमा तत्काल नाम ,थर र वतन नखुलेको, अन्दाजी ५० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्