झापा, चैत १ । सुनसरीको इटहरीमा पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज बिहान ८.२३ बजे इटहरी १७ बस्ने मनिल मियाका छोरा अन्दाजी २ वर्षीय अस्फा मियाको लोकतान्त्रिक टोलस्थित पैनीमा डुबेर मृत्यु भएको हो ।

पैनीको पानीले बगाउँदै ल्याएको देखेर स्थानीयले पैनीबाट निकाल्दा बालकको मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्