झापा, चैत १६ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणालाई पक्राउ गरेको छ ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो । तीनकुनेमा हिजो भएको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नजरबन्दमा राखेको छ । त्यसैगरी, प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।उक्साएर आन्दोलन हिंसात्मक बनाएको भन्दै प्रहरीले रविन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल, सेफोर्ड लिम्बू र सन्तोष तामाङलगायत ५१ जनालाई पक्राउ गरेको जनाएको छ । आन्दोलनको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं भने मोबाइल अफ गरेर राति अबेरसम्मै फरार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्