झापा , चैत २६ । लुम्बिनीको मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा पिकअप पल्टिँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका– ७ शिवगढीयास्थित लुम्बिनी–सूर्यपुरा पक्की सडकखण्डमा लुम्बिनीबाट भरवलीयातर्फ जांदै गरेको लु १ च २७६३ नं.को पिकअप गाडी ओभरस्पिडमा चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा लु १च २७६३ नम्बरको भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया ज्ञानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए ।
दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले उल्लेख गरे ।
लाईफ केयर पोलिक्लिनिकमा उपचार भइरहेका घाइतेहरु
१. रुपन्देही लुम्बिनी सांस्कृतिक ८ भरवलिया बस्ने वर्ष ३० की उर्मिला यादव छातीमा चोट अवस्था मध्यम
२.ऐ. ऐ. बस्ने वर्ष ३० की मन्जु यादव टाउकोमा चोट अवस्था मध्यम
३.ऐ. ऐ. बस्ने वर्ष ६५ का शान्ति यादव टाउकोमा चोट अवस्था मध्यम
युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेका घाइतेहरु
४.ऐ. ऐ. बस्ने वर्ष ५५ की गोल्की यादव अनुहारमा चोट अवस्था मध्यम
५.ऐ. ऐ. बस्ने वर्ष ३ की अन्सिका यादव अनुहारमा चोट अवस्था मध्यम
६.ऐ. ऐ. बस्ने वर्ष ६ की रिया यादव अनुहारमा चोट अवस्था मध्यम
७.ऐ. ऐ. बस्ने वर्ष ३ की निया यादव टाउकोमा चोट अवस्था मध्यम
८.ऐ. ऐ. बस्ने वर्ष ७ की रुपा यादव हात र खुट्टामा चोट अवस्था मध्यम
९.ऐ. ऐ. बस्ने वर्ष ६ की प्रतिमा यादव हात र खुट्टामा चोट अवस्था मध्यम
१०. ऐ. ऐ. बस्ने वर्ष १६ की लक्ष्मी यादव टाउकोमा चोट अवस्था गंभीर
११. ऐ. ऐ. ११ मसिना बस्ने वर्ष ३५ की रिया यादव टाउकोमा चोट अवस्था मध्यम
१२. ऐ. ऐ. ६ बस्ने वर्ष ३५ की प्रभावती यादव छातीमा चोट अवस्था मध्यम
१३. ऐ. ऐ. बस्ने वर्ष ११ की रुचि यादव टाउकोमा चोट अवस्था मध्यम
१४. ऐ. ऐ. ९ पकडीहवा बस्ने वर्ष ३५ की विमलावती यादव टाउको र हात खुट्टामा चोट अवस्था मध्यम
१५. मायादेवी गा.पा. ४ भैंसकुण्डा बस्ने वर्ष ६५ की गुदुडी यादव अनुहारमा चोट अवस्था मध्यम
१६. ऐ. ऐ. बस्ने वर्ष ३५ की गिता यादव टाउकोमा चोट अवस्था गंभीर
१७. ऐ. ऐ. बस्ने वर्ष ५ की रुपाली यादव टाउकोमा चोट अवस्था मध्यम १८. सम्मरीमाई गा.पा. ६ गंगोलिया बस्ने वर्ष ४० की गिता यादव अनुहारमा चोट अवस्था मध्यम
१९. ऐ. ऐ. बस्ने वर्ष १५ को प्रदीप यादव टाउकोमा चोट अवस्था मध्यम
२०. ऐ. ऐ. बस्ने वर्ष ४० की सरावती यादव छाती र टाउकोमा भित्री चोट अवस्था मध्यम