झापा , बैशाख १ । ११ वर्षीय बालकलाई ललाई फकाई अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् ।

चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका वडा नम्वर–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका वडा नं. ९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरि बस्ने २६ वर्षीय अन्जन शंकर विकले ललाई फकाई एकान्तमा लगि अप्राकृतिक मैथुन गरेका थिए ।

पीडितका तर्फबाट हिजो इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेपछि प्रहरी टोली खटिएर विकलाई नियन्त्रणमा लिएको हो । पीडित र पीडक दुवै पक्षलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्