झापा , बैशाख १ । मोरङ बिराटनगर –११ बस्ने ६० वर्षीय शेरबहादुर खड्काको कुहिसकेको शव घरभित्र फेला परेको छ ।

गएराति ८ बजेतिर खड्काको चुक्कुल लगाएको घरभित्रबाट गन्ध आएको र झिगा भन्केपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली आएर आफन्त तथा स्थानीय जनप्रतिनिथिको रोहबरमा ढोका खोलेर हेर्दा खाटमा सुतेको अबस्थामा खड्का मृत फेला परेका थिए ।
उनी घरमा एक्लै बस्ने गरेका थिए ।सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको प्रहरीले जनाएको छ।