झापा , बैशाख २ । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो साँझ ६ बजेतिर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बुद्धचौकस्थित पूर्वपश्चिम राजमार्गमा डुँडामारी चौकबाट झिलझिलेतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री शिवसताक्षी नगरपालिका ८ बस्ने ६० वर्षीय पुष्प दास दर्जीलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिले लगिएकोमा थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड ल्याइएको थियो । आज साँझ ६.३० बजे उपचार क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ८ बस्ने ३० वर्षीय दुरेन शेर्मा लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।