झापा, बैशाख ३ । इलाममा घरबाट घाँस दाउराको लागि गएकी महिला खोल्सामा मृत फेला परेकी छन् ।

हिजो दिउँसो २ बजेतिर इलाम सूर्योदय नगरपालिका वडा नं ११ परिवर्तनशील टोल बस्ने टेकबहादुर दर्जीकी श्रीमती ५५ वर्षीया फुलमाया दर्जी घरबाट घाँस दाउराको लागि गएकी थिइन् ।
उनी घरबाट करिव १५० मिटर उत्तरपूर्वमा रहेको खोल्सामा घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय पशुपतिनगरले अनुसन्धान शुरु गरेको जनाएको छ ।